संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारले धर्ना दिने
संघीय सरकारले प्रहरी समायोजनका लागि बेवास्ता देखाएको आरोप लगाउँदै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता वितिसक्दा पनि गम्भिरता नदेखाएको भन्दै मधेस सरकारले आन्दोलनको घोषणा गरेका हुन् ।
शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिकरुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले साउन २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टे प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने बताए । सो दुई घण्टे धर्ना कार्यक्रम एक सातासम्म चल्ने मन्त्री साहले बताए ।
मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने सो धर्नामा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाजका अगुवालगायतका व्यक्तिहरुको सहभागिता रहने मन्त्री साहले बताए । पहिलो चरणको आन्दोलनबाट पनि संघीय सरकारले प्रहरी समायोजन लगायतका अधिकारको विषयमा गम्भिरता नदेखाए दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने मन्त्री साहले बताए ।
उक्त आन्दोलनमा अन्य प्रदेश सरकार तथा सबै पक्षलाई सहयोग प्रदान गर्नका लागि समेत मन्त्री साहले आह्वान गरे । उनले नागरिक समाज, नागरिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मीलगायत सबैसँग समर्थनका लागि आग्रह समेत गरे ।
यस अघि गत साउन २२ मा मधेस प्रदेश सरकारले ७ दिने अल्टिमेटम सहित प्रदेश प्रमुख मार्फत प्रहरी समायोजनका लागि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण