गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
शनिबार, २८ साउन २०७९, १२ : ५२

गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ । सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ ।
त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि