राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’
आइतबार, २९ साउन २०७९, २१ : ४०
संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यङ्ग्य गरेको तीज गीत ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ ल्याएका छन् । संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ ।
देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको, जनता भोक/रोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शेयर गर्ने गरेको जस्ता सामाजिक/राजनीतिक सन्दर्भहरूलाई गीतमा सशक्त ढंगले उठाउन गरिएको छ । साथै भ्रष्ट, ठग र रोगी नेताहरूलाई राजनीतिबाट विस्थापित गरी नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरिएको छ ।
गीतको परिकल्पनाकारमा ई. अनन्तराज घिमिरे रहेका छन् । गीतमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण