राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुरु, प्रतिवेदनहरू प्रस्तुत हुँदै
राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको सुकेधारामा शुरु भएको छ । बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
थापाले मुलुकको पछिल्लो अबस्था बारे संक्षिप्त भनाई राखेका छन् । अहिले थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।
बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन , महामन्त्री सुशील श्रेष्ठले मेची(महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन , प्रदेश अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिवेदन माथी आजैबाट टिप्पणी शुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण