जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएपछि स्थानीयद्वारा सडक अवरुद्ध
सोमबार, ३० साउन २०७९, १२ : ३९
बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीको जंगली जनावरको आक्रमणबाट आइतबार मृत्यु भएको थियो । स्थानीयले सोमबार विहान ११ बजेदेखि कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी सुरज कार्कीका अनुसार सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रिने सवारी साधनहरु बबई पुल वारी-पारी रोकिएका छन् । छिन्चुबाट प्रहरीको टोली बबई पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण