नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन
सोमबार, ३० साउन २०७९, १८ : ३६
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।
भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो ।
केन्द्रीय नीति अनुसार आज भैरहवामा विरोध गरिएको प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लामले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण