मानवसेवा आश्रम रुपन्देही शाखाद्वारा आफ्नै भवन सेवा प्रवाह
मानवसेवा आश्रमको रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका वडा नं। ८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले मंगलबारदेखि तिलोत्तमा नगरपालिका ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गरेका थिए । नवनिर्मित भवनबाट महिला र बालिकाहरूलाई सेवा प्रदान गरिनेछ ।
मानवसेवा आश्रम रुपन्देही शाखा ०७५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको स्वीकृति लिई मानवसेवा आश्रमको दशौँ जिल्ला शाखाको रुपमा विस्तार भएको हो । शाखाले लुम्बिनी प्रदेश केन्द्रीत भएर सडक पेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनःर्मिलनको सेवा गर्दै आइरहेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण