दबाबमा महाभियोग छानबिन समिति
महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक बसेको मितिले तीन महिनासम्म समितिलाई काम गर्ने समय छ तर निर्वाचनको मिति घोषणा भइसकेको र मनोनयनपछि सदन नहुने भएकाले छिटो काम सक्नुपर्ने दबाबमा समिति छ ।
प्रतिनिधि सभाले साउन २२ गते प्रस्ताव समितिमा पठाएको थियो । बैठकमा एमालेका तर्फबाट सदस्य रहेका कृष्णभक्त पोखरेलले चाँडो काम सक्ने गरी कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताए ।
पोखरेलले महाभियोगको सूचनापछिका कानुनले तोकेका प्रक्रिया सही रूपमा पालना नभएको बताए । उनले भने “सुरुवातदेखि नै प्रक्रिया सही रूपमा पालना भएको छैन । समयमा समितिले काम पाउन सकेन । अब करिब एक महिनाको अवधि छ । यसमा कसरी टुङ्ग्याउन सकिन्छ कार्यतालिका नै बनाएर अघि बढ्नुपर्ने हुन्छ । समितिको कार्यविधि पनि सोहीअनुसार निर्माण गर्नुपर्छ ।”
पोखरेलले महाभियोगको सूचना दाता नै छानबिन समितिमा रहेका पनि प्रश्न गरे । आफैँ प्रस्तावक रहने र छानबिनमा आफैँ बस्ने गलत हुने उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण