मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अपर तामाकोशीले आज शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने

शुक्रबार, ०३ भदौ २०७९, ०९ : २२
शुक्रबार, ०३ भदौ २०७९

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४ औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

सभाले सञ्चालन समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष ०७७(७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७(७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप