हाइटी भूकम्पको एक वर्ष : दुई लाख ५० हजार बालबालिका अझै विद्यालय जान पाएनन्
हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् । संयुक्त राष्ट्र्संघका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षौंसम्म लाग्नसक्ने राष्ट्रसंघले जानकारी दियो ।
संयुक्त राष्ट्रसंघीय बाल कोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ । सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरूका कारण राष्ट्रसंघीय बाल कोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका सहप्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका हुन् । उनले दिएको जानकारीअनुसार बाल कोषले निर्माण गरिदिएका भवनहरुबाट ७४ हजार जना जति बालबालिका विद्यालय जान पाएका छन् भने अरु कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका अझै पनि कक्षा कोठाभन्दा बाहिर रहेका छन् ।
राष्टसङ्घीय बालकोषले यहाँ भूकम्पबाट पीडित बालबालिकालाई शैक्षिक सामग्री, पोषणयुक्त खानेकुरा तथा अन्य आवश्यक सहायता पनि उपलब्ध गराएको छ । अझै पनि ठूलो संख्याका बालबालिका आफ्नो घर नभएर आश्रयस्थलमा बसिरहेका छन् । विभिन्न दाताको सहयोगमा यहाँ टेन्टहरु बनाइएको छ र त्यहाँ नागरिकले आश्रय लिइरहेका छन् । सो भूकम्पले एक हजार २५० विद्यालय भवन भत्काएको थियो । तीमध्ये अधिकांश अझै पुनः निर्माण हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण