सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युद्धरत युक्रेनले नेपालसँग किन्यो अगरबत्ती, बेच्यो सूर्यमुखी तेल

आइतबार, ०५ भदौ २०७९, ११ : ३२
आइतबार, ०५ भदौ २०७९

गत फेब्रुअरी महिनादेखि युुक्रेनले शक्तिशाली छिमेकी देश रसियासँग लडाई लडिरहेको छ । युुक्रेन–रसिया युद्धले विश्वभर महँगी बढाएको र आपूर्ति प्रणालीमा नै असर पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नेपालको भने रसिया र युक्रेन दुबै देशसँग व्यापारिक सम्बन्ध छ । युद्धमा भिडिरहेको युक्रेनले नेपालबाट अगरबत्ती सहित १५ प्रकारका वस्तु खरिद गरेको तथ्यांकले देखाएको छ । 

भन्सार विभागका अनुसार नेपालबाट १९ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु युुक्रेन निर्यात भएको छ । त्यसमध्ये ३७ हजार रुपैयाँ बराबरको अगरबत्ती पनि निर्यात भएको हो । यो तथ्यांक गत आर्थिक वर्षको हो । नेपालबाट युुक्रेनमा ग्रिन टी, यार्सागुम्बा, फेल्ट, कार्पेट लगायतका वस्तु निर्यात भएको छ ।

यस्तै, नेपालले युुक्रेनबाट २१ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । युक्रेनबाट नेपालमा आयात हुने प्रमुख वस्तुहरुमा कच्चा सनफ्लावर (सूर्यमूखी) तेल, कच्चा सोयाविन तेल लगायत पर्छन् । युक्रेनबाट नेपालमा १५ अर्ब रुपैयाँ बराबरको कच्चा सनफ्लावर तेल तथा ८८ करोड रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको छ । गत आर्थिक वर्षमा युक्रेनबाट ५२ प्रकारका वस्तु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप