युद्धरत युक्रेनले नेपालसँग किन्यो अगरबत्ती, बेच्यो सूर्यमुखी तेल
गत फेब्रुअरी महिनादेखि युुक्रेनले शक्तिशाली छिमेकी देश रसियासँग लडाई लडिरहेको छ । युुक्रेन–रसिया युद्धले विश्वभर महँगी बढाएको र आपूर्ति प्रणालीमा नै असर पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
नेपालको भने रसिया र युक्रेन दुबै देशसँग व्यापारिक सम्बन्ध छ । युद्धमा भिडिरहेको युक्रेनले नेपालबाट अगरबत्ती सहित १५ प्रकारका वस्तु खरिद गरेको तथ्यांकले देखाएको छ ।
भन्सार विभागका अनुसार नेपालबाट १९ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु युुक्रेन निर्यात भएको छ । त्यसमध्ये ३७ हजार रुपैयाँ बराबरको अगरबत्ती पनि निर्यात भएको हो । यो तथ्यांक गत आर्थिक वर्षको हो । नेपालबाट युुक्रेनमा ग्रिन टी, यार्सागुम्बा, फेल्ट, कार्पेट लगायतका वस्तु निर्यात भएको छ ।
यस्तै, नेपालले युुक्रेनबाट २१ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । युक्रेनबाट नेपालमा आयात हुने प्रमुख वस्तुहरुमा कच्चा सनफ्लावर (सूर्यमूखी) तेल, कच्चा सोयाविन तेल लगायत पर्छन् । युक्रेनबाट नेपालमा १५ अर्ब रुपैयाँ बराबरको कच्चा सनफ्लावर तेल तथा ८८ करोड रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको छ । गत आर्थिक वर्षमा युक्रेनबाट ५२ प्रकारका वस्तु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण