सेनाको खानेकुरामा युक्रेनले विषादी मिसाएको रुसको आरोप
रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ । युक्रेनको गृह मन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्त भएको हुन सक्ने जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ । परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको छ ।
‘युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शासनद्वारा अनुमोदित रासायनिक आतंकवादको तथ्यबारे रुस सबै विश्लेषणको नतिजा र प्रमाण तयार गरिरहेको छ’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । विषाक्त खानेकुराबाट कतिजना सेवा कर्मी पीडित छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने केही खुलाइएको छैन् । त्यस्तै, रुसी सेनाले आवश्यक प्रमाण पनि जुटाएको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण