नेता गिरिको अन्तिम बिदाइ (तस्बिरमा हेर्नुस्)
नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम बिदाइ भएको छ । क्यान्सर रोगबाट पीडित ७५ वर्षीय गिरिको उपचारकै क्रममा शनिबार बेलुका निधन भएको थियो । गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरू, सांसदहरू, सभामुख र शुभचिन्तक र शुभेच्छुकहरू मेडिसिटी अस्पताल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र आर्यघाटसम्म पुगेका थिए । पशुपतिस्थित आर्यघाटमा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरू आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेता गिरिको निधनले नेपालको समाजवादी र लोकतान्त्रिक आन्दोलनका लागि ठुलो क्षति भएको भन्दै उनको स्मरण भइरहेको छ । त्यस क्रममा विभिन्न दलका शीर्ष नेताहरूले गिरिको बौद्धिक व्यक्तित्व र तर्कशील क्षमता सबैका लागि प्रेरणाको स्रोत रहेको भन्दै राजनीतिलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यमको रूपमा लिनुपर्छ भन्ने प्रतिनिधि सभा सदस्य समेत गिरिको मान्यताबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन् ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण