टाटा मोटर्स को दशैँ अफर सार्वजनिक
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘दशैँमा द–सही अफर’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।
आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन कम्पनीले जनाएको छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्सजस्ता सुविधाहरु पनि रहेका छन् ।
सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालले विशेषगरी ७०% सम्मको फाइनान्सले सबैको हौसला बढाएको बताए ।
कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज “टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल” हेर्न सकिने छ । साथै ९८०११०७६०० मा मिसकल गरेर पनि जानकारी लिन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण