बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ईभी एक्सपोमा ८ वटा ४ पाङ्ग्रेसहित १४ वटा दुई पाङ्ग्रे ब्राण्डले भाग लिने

मङ्गलबार, ०७ भदौ २०७९, १७ : ४८
मङ्गलबार, ०७ भदौ २०७९

ईभी एक्सपो २०२२ मा २२ वटा ईभी अटो ब्राण्डहरुले भाग लिने भएका छन् । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार आजसम्म ८ वटा ४ पाङ्ग्रेसहित १४ वटा दुई पाङ्ग्रे ईभी सवारीले स्टल बुकिङ गरेका छन् । 
चार पाङ्ग्रेमा ठूला ब्राण्डहरु टाटा, हुण्डाई, किया, बीवाईडी सहितका प्रसिद्ध ब्राण्डहरु उपलब्ध ईभी मोडलसहित नयाँ मोडलका साथ प्रदर्शनिमा उत्रिदैछन् भने, दुई पाङ्ग्रेमा पनि विविध ब्राण्डहरुले एक्सपोमा सहभागिता जनाउँदै छन् । 
नाडाका अनुसार थप १८ वटा अटो स्पेयर पार्टस्, टायर, ट्युव तथा लुब्रिकेन्ट कम्पनीहरुले समेत एक्सपोमा सहभागिताका लागि स्टल बुकिङ गरिसकेका छन् । साथै, भृकुटी मण्डपको प्रदर्शनी हल भित्र तीन वटा बैंक तथा वित्तीय संस्थाले समेत स्टल बुकिङ गरिसकेको नाडाका सदस्य तथा ईभी अटो एक्सपो संयोजक अनुप बरालले रातोपाटीलाई जानकारी दिए । उसो पहिलो पटक आयोजन हुँदै गरेको नाडा ईभी एक्सपो २०२२ मा ४० प्लस स्टल रहने देखिएको उनको भनाइ छ । 
नेपालकै पहिलो आयोजना हुँदै गरेको ईभी एक्सपो २०२२ यहीँ आउदो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा चल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप