ईभी एक्सपोमा ८ वटा ४ पाङ्ग्रेसहित १४ वटा दुई पाङ्ग्रे ब्राण्डले भाग लिने
ईभी एक्सपो २०२२ मा २२ वटा ईभी अटो ब्राण्डहरुले भाग लिने भएका छन् । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार आजसम्म ८ वटा ४ पाङ्ग्रेसहित १४ वटा दुई पाङ्ग्रे ईभी सवारीले स्टल बुकिङ गरेका छन् ।
चार पाङ्ग्रेमा ठूला ब्राण्डहरु टाटा, हुण्डाई, किया, बीवाईडी सहितका प्रसिद्ध ब्राण्डहरु उपलब्ध ईभी मोडलसहित नयाँ मोडलका साथ प्रदर्शनिमा उत्रिदैछन् भने, दुई पाङ्ग्रेमा पनि विविध ब्राण्डहरुले एक्सपोमा सहभागिता जनाउँदै छन् ।
नाडाका अनुसार थप १८ वटा अटो स्पेयर पार्टस्, टायर, ट्युव तथा लुब्रिकेन्ट कम्पनीहरुले समेत एक्सपोमा सहभागिताका लागि स्टल बुकिङ गरिसकेका छन् । साथै, भृकुटी मण्डपको प्रदर्शनी हल भित्र तीन वटा बैंक तथा वित्तीय संस्थाले समेत स्टल बुकिङ गरिसकेको नाडाका सदस्य तथा ईभी अटो एक्सपो संयोजक अनुप बरालले रातोपाटीलाई जानकारी दिए । उसो पहिलो पटक आयोजन हुँदै गरेको नाडा ईभी एक्सपो २०२२ मा ४० प्लस स्टल रहने देखिएको उनको भनाइ छ ।
नेपालकै पहिलो आयोजना हुँदै गरेको ईभी एक्सपो २०२२ यहीँ आउदो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण