सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, आजै सिट बाँडफाँटको मापदण्डमा सहमति जुटाउन दवाब
बुधबार, ०८ भदौ २०७९, ०६ : २२

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो ।
सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।
मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा