नदी सुकेपछि करोडौँ वर्ष पुरानो डायनोसरका खुट्टाका छाप फेला
बिहीबार, ०९ भदौ २०७९, १० : ०४
जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ । पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ । यस्तो खडेरी अमेरिकामा पनि देखिएको छ । खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ ।
खडेरीले टेक्सासमा डायनोसर भ्याली स्टेट पार्क भएर बग्ने एउटा नदी सुक्दा ११३ मिलियन वर्षअघि डायनोसरको पैतालाको छाप फेला परेको हो । उक्त छाप संसारको सबैभन्दा लामो डायनासोर ट्र्याक वे मध्ये एक भएको जनाइएको छ ।
सुक्खा मौसमले उक्त छाप देखिएको अधिकारीहरूले बताएका छन् । ‘गर्मीमा अत्यधिक खडेरीका कारण धेरै स्थानहरूमा नदी पूर्ण रूपमा सुक्दा पार्कमा ट्र्याक देखिन थालेको टेक्सास पार्क तथा वन्यजन्तु विभागकी स्टेफानी सालीनस बताउँछिन् । ‘सामान्य नदीको अवस्थामा यी नयाँ ट्र्याकहरू पानीभित्र देख्न सकिँदैन’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण