नेसपाको केन्द्रीय समितिमा ९८ जना मनोनित, ९४ जनाको राजनीतिक समिति
नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा ९८ जना मनोनित भएका छन् । यस्तै ९३ सदस्यीय राजनीतिक समिति गठन गरिएको छ । सो पार्टीको हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा मनोनयन र राजनीतिक समिति गठन गर्ने निर्णय गरेको हो ।
यस्तै पार्टीको सह अध्यक्षमा गोविन्दप्रसाद चौधरी मनोनित भएका छन् भने केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्ण प्रसाद शर्मालाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकले समाजवादी थारू संघको इन्चार्जमा गोविन्दप्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी दलित महासंघको इन्चार्जमा दुर्गा सोच, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा वन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राज नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्बाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो, इजरायल अहमदलाई जिम्मेवारी तोक्ने लगायतका निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण