कार्यदलको बैठकमा गठबन्धनमा रहेका दलहरूको आ–आफ्नै दाबी, कुन दलले कति मागे सिट ?
सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमार्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए ।
उनका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । यद्यपि दलहरुबीच यसबारे थप छलफल गरेर अन्य बैठकमा सहमति जुटाइनेछ । यस्तै आजको बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ । त्यसका लागि भोलि पुनः बैठक बसेर ड्राफ्ट तय गरिने पुरीको भनाइ छ ।
कार्यदलको बैठकमा नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण