आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बुवाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैकको विशेष छुट

शुक्रबार, १० भदौ २०७९, ०७ : ४१
शुक्रबार, १० भदौ २०७९

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटलको द पेस्ट्री शप, अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि र सोवा हेल्थ केयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् । 

सानिमा बैंकको डेविट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यो योजना बुवाको मुख हेर्ने दिन शनिबार मात्र लागू हुने बैकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप