सीमा नाकाको चोरी तस्करी रोक्न निर्देशन
राजश्व चुहावट नियन्त्रण समितिले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ । समिति बैठकले रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल–भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी–निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि बिभिन्न योजना र रणनीति तयार गर्न समितिको बैठक बसेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको समिति बैठकले चोरी–पैठारी हुन सक्ने शंकास्पद स्थान पहिचान गरेर ती स्थानमा कडाइ गर्ने निर्णय गरेको छ ।
चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजश्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरूले भारतीय सीमानाकाबाट हुन सक्ने चोरी–पैठारीको उच्च जोखिम रहेका स्थानहरुमा प्रभावकारी रुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने रणनीति तयार गरिएको छ ।
‘राजश्व अनुन्धान कार्यालयले सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप विस्तार गर्नेछ’, समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पाण्डेले भने । सिद्धार्थनगरको पक्लिहवास्थित दसगजासँगै जोडिएर लाग्ने गरेको फरेनिया बजारमा नेपाल तर्फबाट मानिस आउजाउ गर्दा चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेकाले उक्त स्थानबाट भारततर्फ आउजाउमा लगाइएको रोकलाई निरन्तरता दिने जनाइएको छ । उक्त क्षेत्रबाट हुन सक्ने चोरी पैठारी नियन्त्रण गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।
वैठकमै भन्सार कार्यालय, सुरक्षा निकायका प्रमुख, आन्तरिक राजश्व कार्यालय भैरहवा,बुटवल, राष्टिय अनुसन्धान, राजश्व अनुसन्धान लगायतका निकायको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण