बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्कुराएको आकाश

शनिबार, ११ भदौ २०७९, ०७ : ४८
शनिबार, ११ भदौ २०७९

निस्सासिएको जीवनले
निकास पाएको छ ।
आकाश पनि खुलेर
मुस्कुराएको छ । 

तुवाँलो र धुवाँहरु
उडाइ लग्यो परपर,
आशाका किरणहरु
फैलिएछ चारैतिर ।

प्रकृतिले आफ्नो
रंग देखाइ छाड्यो
आधुनिकताका पछि लाग्नेलाई
सचेत गराइ सक्यो ।

अब पनि नचेतेमा
पछुताउनु पर्ला फेरि,
वातावरण संरक्षणमा जुटौँ 
सबै ढिलो नगरी ।

रुख रोपौँ, वन जोगाऔँ
राम्रो पारौँ आनीबानी,
प्रकृतिले नै सजाउँछ 
सुनौलो हाम्रो जिन्दगानी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप