यिनीहरु किन आए अमेरिका ?
शनिबार, ११ भदौ २०७९, ०७ : ५३
खुसी कमाए कि जिन्दगी कमाए
रमाउँछु भन्दा भन्दै के के गुमाए
के त्यस्तो पाउनुथ्यो र के पाए
यिनीहरु किन अमेरिका आए ?
हिमाल, पहाड, मधेसको भूमि
यहाँ अब एउटा कोठा भो
कहिलेकाहीँ छिमेकीको मात्र “हाई”
साथी सँगी नातागोता भो
के त्यस्तो पाउनुथ्यो र के पाए
यिनीहरु किन अमेरिका आए ?
दसैँ, तिहार, छठ सबै चाडबाड
छुट्टीको दिन मिलाउनु पर्ने
न यहाँ पहिचान, न प्रतिष्ठा
तै पनि दङ्ग परेझैँ गर्नुपर्ने
के त्यस्तो पाउनुथ्यो र के पाए
यिनीहरु किन अमेरिका आए ?
भाषा कमाए कि बोली नै गुमाए
कमाउँछु भनी के के धन्दा समाए
मनभित्र के के बाहिर यसै रमाए
यिनीहरु किन अमेरिका आए ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण