यिनीहरु किन आए अमेरिका ?
शनिबार, ११ भदौ २०७९, ०७ : ५३

खुसी कमाए कि जिन्दगी कमाए
रमाउँछु भन्दा भन्दै के के गुमाए
के त्यस्तो पाउनुथ्यो र के पाए
यिनीहरु किन अमेरिका आए ?
हिमाल, पहाड, मधेसको भूमि
यहाँ अब एउटा कोठा भो
कहिलेकाहीँ छिमेकीको मात्र “हाई”
साथी सँगी नातागोता भो
के त्यस्तो पाउनुथ्यो र के पाए
यिनीहरु किन अमेरिका आए ?
दसैँ, तिहार, छठ सबै चाडबाड
छुट्टीको दिन मिलाउनु पर्ने
न यहाँ पहिचान, न प्रतिष्ठा
तै पनि दङ्ग परेझैँ गर्नुपर्ने
के त्यस्तो पाउनुथ्यो र के पाए
यिनीहरु किन अमेरिका आए ?
भाषा कमाए कि बोली नै गुमाए
कमाउँछु भनी के के धन्दा समाए
मनभित्र के के बाहिर यसै रमाए
यिनीहरु किन अमेरिका आए ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह
-
काठमाडौँ र ललितपुरमा चोरी