शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

आइतबार, १२ भदौ २०७९, ०७ : ४२
आइतबार, १२ भदौ २०७९

सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि  बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । 

कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा कांग्रेसको एकल दाबी छ । यस्तै माओवादीको एकल दाबी रहेका करिब १० सिटमात्र छन् ।

१६५ निर्वाचन क्षेत्रमध्ये करिब ६ सिटमा जसपाको र दुई सिटमा एकीकृत समाजवादीको एकल दाबी छ । तर, राष्ट्रिय जनमोर्चाले दाबी गरेका दुई सिटमा भने गठबन्धनभित्र दोहोरो दाबी छ ।

जनमोर्चाले प्युठान र बागलुङ–१ मा दाबी गरेको छ । तर प्युठानमा नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमका लागि माओवादीले कार्यदलमा दाबेदारी राखेको छ भने बाग्लुङ १ मा कांग्रेसले पनि दाबी राखेको छ ।

यस्तै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रको भागबण्डाबारे पनि कार्यदल बैठकमा गत शुक्रबारबाट सुरु भएको छ । ०७४ को आम निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनेर कार्यदलले प्रतिवेदन तयार गर्न लागेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप