पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
सोमबार, १३ भदौ २०७९, १० : ४५
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ ।
“त्यस ठाउँमा विभिन्न तीन÷चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ”, उनले भने, “पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ला ।” गए रातिदेखि नियमित परेको बर्सातले पहिरो गएको हो । पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण