अभिनेत्री ऋचाले ‘मिसेस् नेपाल पिस’ छान्ने
‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज सम्भव छैन । त्यसमाथि पनि हिंसारहित समाजको निर्माण नभइकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यहि विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ । प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला हुने जानकारी दिएको छ ।
महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित, डिभोर्सी लगायत महिलाले सहभागिता जनाउन सक्नेछन् । कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गर्ने आयोजक पक्षको विश्वास छ ।
एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगितालाई युहान इन्टरनेसनल इभेन्ट्सले व्यवस्थापन गर्नेछ । प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री ऋचा शर्माको आबद्धता रहेको छ भने कार्यक्रमको कोरियोग्राफरका रुपमा सञ्चारकर्मी एवम् फेसन कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।
विवाहित महिलाहरूमा लक्षित मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिसन राउन्ड यही भदौ १८ गते शनिबारका जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण