किड्डी फेस अफ द इयर इन्टरनेशनलका प्रतियोगिले देखाए ट्यालेन्ट
‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२२’ का प्रतियोगिले आफूमा रहेको ट्यालेन्ट देखाएका छन् । काठमाडौंको कमलपोखरीस्थित हुकुम दरबार भेन्युमा आयोजित ट्यालेन्ट शोमा सिनियर तथा जुनियर प्रतिस्पर्धीहरुले नृत्य, गायन, चित्रकला, स्केटिङ्ग, बेलीडान्स कल्चरल नृत्य लगायत विविध विषयमा कला प्रस्तुत गरेका थिए ।
कलाकार निर्देशक संयुक्त स्थापित, डान्स कोरियोग्राफर अनुप डंगोल, अभिनय प्रशिक्षक बृहसमान सुनुवार र फेसन डिजाइनर श्रीषा बैदार फैजु ट्यालेन्ट शोको निर्णायकमा रहेका थिए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा हुँदै आएको प्रतियोगिताको छैठौं संस्करण हो । प्रतियोगितामा १९ प्रतिस्पर्धी रहेको छन् । विभिन्न चरणबाट छनौट हुँदै फाइनलका लागि १९ छानिएका हुन् । प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु रहेका छन् । प्रतियोगिताको फाइनल यही भाद्र २४ गते शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ ।
प्रतियोगी अभिनय, नृत्य, व्यक्तित्व विकाश, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदाइत्व, समय व्यवस्थापन तथा अध्यायन लगायत विभिन्न प्रशिक्षणसहित फाइनल स्पर्धामा भिड्नेछन् । प्रतियोगितामा शिर्षसहित विभिन्न उपविजेता छानिनेछ । प्रतियोगीताका विजेताले अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीतामा सहभागीको अलवा विभिन्न अवसर प्राप्त गर्न सक्ने आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण