राष्ट्रपतिद्वारा राप्रपासँग २ घण्टा छलफल
मङ्गलबार, १४ भदौ २०७९, ११ : ४५
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे परामर्श गर्ने क्रममा विभिन्न दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरिरहेकी छन् । सोही क्रममा भण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग हिजो साँझ २ घण्टा छलफल गरेकी छन् ।
आइतबार दुई घण्टा भएको छलफल नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा सबै दलहरूसँग छलफल गर्ने तयारी गरेकी छन् । जसअनुसार सोमबार मात्रै राष्ट्रपतिले काँग्रेस नेताहरुसँग पनि छलफल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण