आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा राप्रपासँग २ घण्टा छलफल

मङ्गलबार, १४ भदौ २०७९, ११ : ४५
मङ्गलबार, १४ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे परामर्श गर्ने क्रममा विभिन्न दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरिरहेकी छन् । सोही क्रममा भण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग हिजो साँझ २ घण्टा छलफल गरेकी छन् । 

आइतबार दुई घण्टा भएको छलफल नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको श्रेष्ठले जानकारी दिए । 

राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा सबै दलहरूसँग छलफल गर्ने तयारी गरेकी छन् । जसअनुसार सोमबार मात्रै राष्ट्रपतिले काँग्रेस नेताहरुसँग पनि छलफल गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप