‘राधा’ को शो आजैदेखि रोकिने, फिल्ममाथि राजनीति भएको निर्माण युनिटको आरोप
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ को प्रदर्शन मंगलबारदेखि रोकिने भएको छ । निर्माण युनिटले फिल्मको शोमाथि राजनीति भएको भन्दै फिल्म शो रोक्न लागेको हो । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।
फिल्मकी निर्माता देवकी विष्टले फिल्मको शो माथि राजनीति भएको र फिल्मको विषयमा नकारात्मक र भ्रामक समाचार फैलाएको कारण फिल्मको प्रदर्शन रोक्न लागेको बताइन् ।
‘जसले ‘राधा’ फिल्म हेरेको छैन, कथा के हो त्यो थाहा छैन । उनीहरुले फिल्मको बारेमा नकारात्मक टिप्पणी गरिरहेको छन्,’ निर्माता विष्टले भनिन् ‘हलवालाले पनि दर्शक हुँदाहुँदै दिन प्रतिदिन शो घटाएर दर्शक फर्काइरहेको छ । यो फिल्ममाथिको राजनीति नभए के हो त ?’ फिल्ममाथि राजनीति भएकोले अब हलमा राख्नु उचित नठानेर शो रोक्न लागेको उनको भनाइ छ ।
‘हामीले ठुलो रकम लगाएर फिल्म बनाएका हौँ । अहिले फिल्म रोक्नु लगानीमाथि जोखिम त भयो,’ निर्माता बिष्टले थपिन् ‘त्यसका लागि अर्काे विकल्प खोज्छौँ ।’ अव राम्रो ओटिटी प्लेटफर्म खोजेर फिल्म रिलिज गर्ने निर्माता बिष्टले सुनाइन् ।
‘राधा’ गत शुक्रबारबाट रिलिज भएको फिल्म हो । शुक्रबार थोरै भएपनि शनिबारदेखि राम्रो शो दिने सर्तमा रिलिज भएको फिल्मको शो दिन प्रतिदिन घट्दो छ ।
सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र सृष्टिको अलवा दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ ।
बरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथि भूमिकामा रहेको फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण भएको हो । फिल्म बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह–निर्माता रहेका छन् । फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण