पूर्व एसएसपी थापा कपिलवस्तु २ ‘क’ बाट सिफारिस
मङ्गलबार, १४ भदौ २०७९, १८ : ५१
नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र न. २ को प्रदेश ‘क’ बाट नेपाल प्रहरीका पूर्व एसएसपी विक्रम थापाको एकल नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र न. २ ‘क’ को बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत थापालाई प्रदेशमा सर्वसम्मत रूपमा सिफारिस गरेको सचिव पवन थारूले बताए ।
यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ मिना केसी जवारलाल थारुको नाम सिफारिस गरेको छ । काँग्रेस क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा पठाउने छ । थापा कांग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य हुन् । नेपाल प्रहरीमा रहँदा राम्रो छवि बनाएका थापाले कांग्रेस प्रदेश महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण