ब्राण्डेड चामलको बोरामा रिप्याकिङ गर्ने भारतीय नागरिक पक्राउ
ब्राण्डेड खाली बोरामा कमसल चामल रिप्याक गर्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन् । ब्राण्डेड बोरामा लोकल चामल प्याकिङ गरिरहेको अवस्थामा गौरस्थित एउटा पसलमा प्रहरीले छापा मारेर भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौर नगरपालिका –१ रामजानकी धर्मशाला नजिक चामल पसल सञ्चालन गर्दै आइरहेका भारत विहार सीतामढी जिल्ला बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्ता रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् । भारतीय ब्राण्डेड चामलको बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले गुप्ता लाई रंगे हात नियन्त्रणमा लिएको प्रवक्ता मल्लले जानकारी दिएका छन् ।
पसल बाट लोकल कमसल चामल–५० बोरा खुल्ला, प्याक गरिएको २९२ बोरा ,१२० वटा खाली बोरा र बोरा सिलाउने मेसिन–१ थान बरामद भएको प्रहरीले जनाएको छ। भारतीय नागरिक गुप्तालाई जिल्ला प्रशासन कार्यालय गौरमा कालो बजार मुद्दा शीर्षक अन्तर्गत म्याद थमाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण