ब्राण्डेड चामलको बोरामा रिप्याकिङ गर्ने भारतीय नागरिक पक्राउ

ब्राण्डेड खाली बोरामा कमसल चामल रिप्याक गर्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन् । ब्राण्डेड बोरामा लोकल चामल प्याकिङ गरिरहेको अवस्थामा गौरस्थित एउटा पसलमा प्रहरीले छापा मारेर भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौर नगरपालिका –१ रामजानकी धर्मशाला नजिक चामल पसल सञ्चालन गर्दै आइरहेका भारत विहार सीतामढी जिल्ला बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्ता रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् । भारतीय ब्राण्डेड चामलको बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले गुप्ता लाई रंगे हात नियन्त्रणमा लिएको प्रवक्ता मल्लले जानकारी दिएका छन् ।
पसल बाट लोकल कमसल चामल–५० बोरा खुल्ला, प्याक गरिएको २९२ बोरा ,१२० वटा खाली बोरा र बोरा सिलाउने मेसिन–१ थान बरामद भएको प्रहरीले जनाएको छ। भारतीय नागरिक गुप्तालाई जिल्ला प्रशासन कार्यालय गौरमा कालो बजार मुद्दा शीर्षक अन्तर्गत म्याद थमाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्
-
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
-
केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’