बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हास्य कलाकार ‘जिग्री’ चुनाव लड्ने चर्चा

बुधबार, १५ भदौ २०७९, १२ : ३७
बुधबार, १५ भदौ २०७९

चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले चुनाव लड्ने विषयमा छलफल थालेका छन् । आगामी मंसिर ४ गते हुन लागको  संघीय निर्वाचनमा उनले चुनाव लड्ने विषयमा छलफल थालेका हुन् । 

यस विषयमा रातोपाटीले कट्टेलसँग  प्रतिक्रिया लिँदा निर्वाचन लड्नेबारे आफू छलफलमा रहेकाे तर निर्णय हुन बाँकी रहेको बताए ।  ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने, ‘छलफल जारी रहँदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’ निर्वाचन लड्ने हुँदा स्वतन्त्रबाट लड्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा उनी केपी ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भन्दै पोस्टर भाइरल बनाइएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप