शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध

बिहीबार, १६ भदौ २०७९, ०७ : १४
बिहीबार, १६ भदौ २०७९

अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्युयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । 

न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागु भएको छ । कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताललगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानून प्रवर्तन अधिकारीहरूमा भने लागु हुने छैन् ।

बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिका वर्षेनी दर्जनौँ मानिसको मत्यु हुने गरेको छ । बन्दुकको पहुँचमा कडाइँ नहुँदा बन्दकजन्य हिंसाका घटनामा वृद्धि भएको विज्ञहरुले बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप