अस्करका लागि नेपाली फिल्मको आवेदन खुला
काठमाडौँ । ९५औं संस्करणको ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा सहभागिताका लागि नेपाली फिल्मको आवेदन खुला भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको जनाएको हो ।
अस्करमा आफ्नो फिल्म पठाउन इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन सक्नेछन् ।
९५औं अस्कर अवार्ड २०२३ मार्च १२ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा प्रदान गरिने आयोजकले जनाएको छ । हरेक वर्ष फेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो ।
अघिल्लो वर्षहरुमा झैँ यो साल पनि फिल्म हलसँगै स्ट्रिमिङ साइटमा रिलिज भएका फिल्मले अवार्डमा सहभागिता जनाउन सक्नेछन् । योसँगै महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन् ।
यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी स्थापित स्ट्रिमिङ साइट वा भिडियो अन डिमान्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।
नेपालमा विमल पौडेलको अध्यक्षतामा ८ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण