ओजस थियटरमा नाटक ‘असुर’ को मन्चन सुरु
ओजस थियटरमा नाटक ‘असुर’ को मन्चन सुरु भएको छ । बुधबार बेलुका खचाखच दर्शकका बीच नाटकको घुम्टो खोलियो । विवेक न्यौपाने (घने) ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । ‘असुर एउटा गाउँको पारिवारीक कथा हो । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । यिनीहरूको शक्ति संघर्ष बीचमा जो पर्छ, उ बर्बाद हुन्छ ।’ न्यौपानेले भने ।
‘असुर’को प्रसंग हिन्दु धर्मसँग मिल्न जान्छ । असुर एउटा शक्ति भोको पात्र हो । जो शक्ति प्राप्तिका लागी जे पनि गर्न सक्छ । कहिले देवता जस्तो त कहिले दानव जस्तो रुप लिन सक्छ । के हाम्रो घर समाजमा पनि यस्ता पात्रहरु छन् ? जसको शक्ति लालचले गर्दा राजनीतिक परिवर्तनहरू आम मान्छेको दैनिकीमा रुपान्तरण हुन सकेको छैन । यिनै प्रश्न हामीले यो नाटक मार्फत केलाउने प्रयास गरेका छौँ ।’ न्यौपानेले कथासार प्रष्ट्याए ।
रविन दोङको लेखन रहेको नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरा पनि समेटेको छ । ‘वि.सं. २०५८ देखि ०६२–०६३ सम्मको देशको परिवेशलाई असुरले ऐनाले जस्तै देखाउने चेष्टा गरिएको छ । ध्वनी संयोजन, प्रकाश, संगित संयोजन आदिले नाटकलाई सुनमा सुगन्ध थपेको छ । असली उत्पीडन र दमन विरुद्धको सिद्धान्तमा हिँड्ने व्यक्तिहरुलाई अवसरवादीहरुले ओझेलमा पारेको सन्दर्भलाई प्रष्ट पार्न खोजिएको छ । नाटकले उत्पीडित वर्गको पीडाहरुलाई देखाउन खोजेको छ । क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय हो ।’ लेखक दोङले भने ।
राजन कार्की र शंकर कार्कीले निर्माण गरेको नाटकमा मुख्य सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रल्हाद खरेलले ‘जुद्ध प्रसाद’को चरित्र बाँचेका छन् । नाटकमा केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको पनि अभिनय छ ।
भदौ १५ देखि मन्चन सुरु भएको नाटक असोज ८ सम्म चल्नेछ । काठमाडौँ महानगर वडा नम्बर ९ स्थित रातोपुलमा सञ्चालित ओजस थियटरमा बिहिबार बाहेक हरेक दिन साँझ ५ः ३० बजे नाटक सुरु हुनेछ । शनिबार भने दिउँसो १ बजे मन्चन हुनेछ ।
चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन् । भेषभुषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकालले काम गरेका छन् । नाटकमा विवेक न्यौपानेले ध्वनि सम्पादन, उदिप शिवाकोटीले प्रकाश परिकल्पना, रविन दोङले मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री–शेखर दाहालले मन्च व्यवस्थापन काम गरेका छन् । ओजसले यसअघि ‘पिंजडा’, ‘जालो’, र ‘म जोकर बन्छु’ जस्ता नाटक मन्चन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण