शून्य कोभिड नीति : चीनको छेङ्दुमा लकडाउन
‘जिरो कोभिड नीति’ पछ्याइरहेको चीनले छेङ्दु सहरमा लकडाउन गरेको छ । सहरका २.१ करोड जनतालाई घरभित्र बस्न भनिएको छ, भने प्रत्येक परिवारबाट १ जना सदस्य मात्र अति आवश्यक वस्तु खरिद गर्नका लागि घर बाहिर निस्कन पाउनेछन् ।
बिहीबार सहरमा १५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसमध्ये ५१ जना लक्षणविहीन रहेका थिए । चीनको कोभिड नीतिका कारण थोरै सङ्क्रमित भेटिँदा पनि पुरै सहरलाई लकडाउन गर्नुपर्छ । छेङ्दुका वासिन्दाहरुलाई बिहीबार साँझ ६ बजेदेखि घरमा नै बस्न भनिएको छ । उनीहरूलाई आगामी दिनमा परीक्षण गरिने बताइए पनि प्रतिबन्ध कहिले हट्ने भन्ने चाहिँ खुलाइएको छैन ।
सिचाउन प्रान्तको राजधानी रहेको छेङ्दुमा बाहिरका मानिसहरूलाई सहरभित्र छिर्न तथा सहरका मानिसलाई बाहिर जान पनि प्रतिबन्ध गरिएको छैन । कोभिड परीक्षणमा नेगेटिभ आएकाहरू मात्र अति आवश्यक वस्तु खरिदका लागि घर बाहिर जान पाउनेछन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण