दर्शक नचाउँदै आर्थर गन
आर्थर गन अर्थात गायक दिवेश पोखरेलले बुटवलमा प्रस्तुती दिएका छन् । सो क्रममा उनले ‘के पीर पर्यो तिमीलाई?’ गीतबाट सुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले आर्थरका नेपाली र अंग्रजी गीतहरुको मजा लिए ।
उनले काठमाडौं, चितवन, बुटवल र पोखराका दर्शकहरुमाझ प्रस्तुती दिएपछि धरान, बिर्तामोड र किर्तिपुरलगायतका सहरहरुमा पनि प्रस्तुति दिने कार्यक्रम छ । सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आईडल १८औं सिजन” को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता बढेको हो । जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए । उनको प्रस्तुतीलाई सबै ३ निर्णायकहरुद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई “हि ईज द बेस्ट” भनि प्रशंसा पनि गरेकी थिइन् । उनी उक्त शोको १८औं सिजनको उपविजेता रहेका थिए ।
उनै आर्थर अहिले टुबोर्ग होमकमिङ टुरमा संलग्न भएका हुन् । गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्,-“टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरुलाई गौरवान्वित बनाएका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण