पर्यटनमन्त्री श्रेष्ठसँग इटालीका पत्रकारहरुको भेट, नेपालबारे प्रवर्द्धनात्मक अभियान चलाउने प्रतिवद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग युरोपेली राष्ट्र इटालीका टेलिभिजन पत्रकार तथा टुर अपरेटरहरुले भेट गरी नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार मन्त्रालयमा भएको भेटमा इटालीको ट्राभल टिभीका प्रोड्युसर, वृतचित्र निर्माता तथा टुर अपरेटरहरुले मन्त्री श्रेष्ठसँग नेपालबारे इटालीमा प्रचार प्रसार गर्न इच्छुक रहेको बताएका हुन् । नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता विश्वभर चिनाउन र विभिन्न रमणीय ठाउँहरुप्रति विदेशी पर्यटकको आकर्षण बढाउन नेपालबारे निशुल्क रुपमा वृतचित्र तथा टेलिभिजन कार्यक्रम निर्माण गर्ने उनीहरुको भनाइ थियो ।
नेपालबाट इटालीको सीधा उडान नहुनु तथा दुतावास नहुँदा नेपाल आउन चाहने इटालियन पर्यटकलाई असुविधा भएको समेत उनीहरुको भनाइ छ । इटाली तथा मोरक्कोमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका ब्रुनो अलेगीले नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउन आफूले सहयोग गर्ने बताए । टेलिभिजन कार्यक्रम निर्माता उबाल्डो पेट्रोसिनोले इटालीको स्थानीय भाषामा सन्देशहरु निर्माण गरी नेपालबारे प्रवर्द्धन गर्ने बताए ।
मन्त्री श्रेष्ठले नेपाल पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त रहेको बताउँदै पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्न उपयुक्त मुलुक रहेको बताए । नेपाल पर्वतीय पर्यटनका लागि मात्र नभएर प्राकृतिक सुन्दरता, सम्पदा, जातीय तथा जैविक विविधता जस्ता कारणले बाह्रै महिना पर्यटनका लागि योग्य छ भन्ने सन्देश विश्व बजारमा प्रवाह गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
ट्राभल टिभीका प्रोड्युसर, वृतचित्र निर्माता तथा टुर अपरेटरहरुले इटालीको स्थानीय भाषामा भिडियो सन्देशहरु निर्माणका लागि नेपालका विभिन्न स्थानमा छायांकन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण