शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ हुण्डाईको बोल्ड ‘आयोनिक–५’ ?

शनिबार, १८ भदौ २०७९, ११ : ५९
शनिबार, १८ भदौ २०७९

प्यासेन्जर सेग्मेन्टमा अग्रणी कम्पनी हुण्डाईले यस वर्षको नाडा ‘ईभी एक्सपो, २०२२’ का लागि बोल्ड आयोनिक–५ प्रदर्शन गर्ने भएको छ । नेपालका लागि हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ईभी एक्सपो विशेष आयोनिक–५ प्रदर्शन गर्ने तयारी गरेको हो । उसो त कम्पनीले आयोनिक–५ सँगै निकै लोकप्रिय ‘कोना ईभी’ समेत प्रदर्शन गर्दैछ । 

सन् २०१८ मा भित्र्याइएको कोना र हालसालै भित्रिएको आयोनिक–५ हुण्डाईको यस वर्षको ईभी एक्सपो विशेष प्रोडक्ट हुनेछन् । अहिलेलाई आयोनिक–५ को चर्चा गरौं ।

के हो ईभी आयोनिक–५ ? 

सेडान सेग्मेन्टको आयोनिक–५ हुण्डाईको प्रिमियम क्रसओभर कार हो । ८०० भोल्टको इलेक्ट्रीकल आर्किटेक्चर अन्तर्गत डेडिकेटेड ईभी प्लेटफर्ममा हुण्डाईले ५८ किलोवाट ब्याट्री क्षेमतासहित आयोनिक–५ लाई बजारमा उतारेको छ ।

सन् २०२२ को फेब्रुअरीमा मात्र नेपाल भित्र्याइएको आयोनिक–५, ईभी पारखीहरु माझ निकै लोकप्रिय छ । उसो त सन् २०२१ मा विश्व बजारमा सार्वजनिक भएको आयोनिक–५  कम्पनीले दक्षिण एसियाका अन्य देश र सिंगापुरभन्दा पनि पहिला नेपाल भित्र्याएको हो । ईभीमा प्रिमियम चाहनेहरूका लागि लकजरी आयोनिक–५ उत्कृष्ट विकल्प बन्न सक्छ ।

सार्प र फ्यूचरिस्टीक डिजाइन, स्लिम ड्यासबोर्ड, वाइड इन्डेरिअर र बोल्ड आटटेरिअरयुक्त आयोनिक–५ ले जोकोहीलाई आकर्षण गर्ने क्षमता राख्छ । १६० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा २३५÷५५÷आर १९ एमएमको स्टेरिङ ह्वीलको प्रयोग गरिएको छ भने अगाडि भेन्टिलेटेड र पछाडि सोलिड डिस्क ब्रेकको प्रयोग गरिएको छ ।

गाडीको उत्कृष्ट पक्ष

सोलार सनरुफ, पूर्ण फोल्ड गर्न मिल्ने पातलो र आकर्षक कन्फटेबल सिट, रिसाइकल गरिएको प्लास्टिक र फेब्रिकबाट बनेको सफा इन्टेरियर आयोनिक–५ को मुख्य विशेषताहरु हुन् । ड्यूल जोन क्लाइमेट कन्ट्रोल यसको अर्को उत्कृष्ट पक्ष हो । 

३६० डिग्री क्यामेरा, अगाडि र पछाडि दिइएको सेन्सरसहितको ६ वटा एयरब्यागले सुरक्षा (सेफ्टिको) मामलामा समेत आयोनिक–५ अब्बल देखिन्छ । 

आयोनिक–५ को अगाडिको कन्सोल र आर्मरेष्ट चालक र अगाडि बस्ने यात्रुको आवश्यकता अनुसार एड्जस्ट गर्न मिने सुविधा प्रदान गरिएको छ । गाडीमा सेलफोन मात्र नभएर ल्यापटप समेत चार्ज गर्न मिल्नेगरी चार्जिङ पोर्ट उपलब्ध गराइएको छ । अगाडि ड्यासबोर्डको तल, आमरेष्टको तल, पछाडि यात्रा गर्नलाई छुट्टाछुट्टै चार्जिङ पोर्ट दिइएको छ । साथै, वायरलेस चार्ज पनि यसमा पाउन सकिन्छ । 

सबैभन्दा उत्कृष्ट पक्ष आयोनिक–५ मा भीटूएल (भेहीकल टू लोड) अर्को गाडी चार्ज गर्न सकिने सुविधा समेत उपलब्ध छ । लामो दुरीको यात्रामा सँगै अर्को गाडीको चार्ज सकिए आयोनिक–५ बाट अर्को गाडी सजिलै चार्ज गर्न सकिन्छ । कम्पनीले एसीसँग डिसी चार्जिङ पोइन्टको सुविधा समेत प्रदान गरेको छ । 

५८ किलोवाट ब्याट्री क्षमताको गाडीले एक पटकको फुल चार्जमा ३७५ किलोमिटरसम्म माइलेज दिन्छ । 

आकर्षक बोल्ड लुक्स, उत्कृष्ट पर्फमेन्स र सुरक्षित आयोनिक–५ को बजार मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

दसैँतिहार चाडपर्व विशेष ईभी एक्सपोका अवसरमा कम्पनीले आकर्षक छुट योजनासँगै विभिन्न उपहार योजना समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।

थप जानकारी भिडियोमार्फत...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप