यामलाल कँडेल प्रदेशसभा निर्वाचनका लागि एकल सिफारिस
शनिबार, १८ भदौ २०७९, १४ : २८
नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेश सभाको उम्मेदवारको लागि एकल सिफारिस भएका छन् ।
नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रो पूर्ण बैठकबाट आज उनी एकल रुपमा सिफारिस भएका हुन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल प्रतिनिधिसभामा जानसक्ने धेरैको आंकलन थियो। यद्यपि कँडेल प्रदेशसभामै जान चाहेकोले उनको विकल्पमा अन्य उम्मेदवार देखिएनन् ।
०७४ मा कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण