एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा फ्रान्सेली स्टार केलियन एम्बाप्पेले पहिलो हाफको गल्तीलाई सुधार्दै टोलीलाई महत्त्वपूर्ण अग्रता दिलाएका छन्।
खेलको ६०औँ मिनेटमा एम्बाप्पेले उत्कृष्ट गोल गरेपछि फ्रान्सले मोरोक्कोविरुद्ध १–० को अग्रता लिएको हो। यसअघि पहिलो हाफमा उनी पेनाल्टीमार्फत गोल गर्नबाट चुकेका थिए । २९औँ मिनेटमा पाएको पेनाल्टी मोरोक्कोका गोलकिपर बोनोले बचाएपछि एम्बाप्पे केही दबाबमा देखिएका थिए।
तर, दोस्रो हाफमा उनले आफ्नो जादुमयी प्रदर्शन देखाउँदै बललाई नेटको दिशा दिन सके । दोस्रो हाफको सुरुवाती समयमा मोरोक्कोले केही आक्रामक खेल देखाएको थियो। पहिलो हाफको तुलनामा मोरोक्कोले फ्रान्सको पेनाल्टी एरियामा बढी बल पुर्याउन सफल भएको थियो भने केही कर्नरहरू पनि जितेको थियो।
यो गोलसँगै एम्बाप्पे यस विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुटको दौडमा पुनः अगाडि आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण