६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वाटरफाइनलमा फ्रान्सले ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै मोरोक्को विरुद्ध आफ्नो पकड बलियो बनाएको छ।
६०औँ मिनेटमा केलियन एम्बाप्पे र ६६औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गरेपछि फ्रान्स अहिले २–० ले अगाडि छ।
खेलको पहिलो हाफमा पेनाल्टी मिस गरेका एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरे। ६०औँ मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट मोरोक्कोका डिफेन्डरहरूलाई छक्याउँदै सुन्दर गोल गरे। यो गोलसँगै एम्बाप्पेले यस विश्वकपमा ८ गोल पूरा गर्दै लियोनेल मेस्सीसँग गोल्डेन बुटको दौडमा बराबरी गरेका छन्। यो उनको विश्वकप करियरको २०औँ गोल समेत हो।
एम्बाप्पेको गोलको खुसीयाली सेलाउन नपाउँदै ६६औँ मिनेटमा ओसमान डेम्बेलेले अर्को गोल थपे। एम्बाप्पेकै पासमा डेम्बेलेले मोरोक्कोको रक्षापङ्क्तिमा रहेको खाली ठाउँको फाइदा उठाउँदै बललाई पोस्टको दिशा दिएका थिए।
६ मिनेटभित्र बेहोरेका यी दुई गोलले मोरोक्कोलाई निकै दबाबमा पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण