कामना सेवा विकास बैंकद्वारा 'डिजिटल वीक' योजना सार्वजनिक
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्तानीमा प्रोत्साहन गर्नको लागि आजबाट आगामी शुक्रबारसम्म 'के एस डिजिटल वीक' योजना सार्वजनिक गरेको छ ।
'नगद छोडौं, डिजिटल रोजाै' कार्यक्रमअन्तर्गतको यो योजनामा कामना सेवा विकास बैंकको क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० रुपैयाँ वा १५ प्रतिशत बोनस कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सकिनेछ । साथै बैंकका ग्राहकले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
आइएमई पे तथा खल्ति डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिङ्क गरि सय रुपैयाँ सम्मको क्यास व्याकलगायत अन्य थुप्रै छुट र आकर्षक उपहार पनि प्राप्त गर्न सकिने बैकले जनाएको छ ।
बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोन पे, एफएल सफ्ट, एनसीएचएल, भीसा, आइएमई पे, खल्तिसँगको संयुक्त साझेदारीमा ल्याएको हो । बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण