एउटै अस्पताल दुई पटक शिलान्यास
रुपन्देहीको सियारी गाउँपालिकामा सात महिनाको अन्तरालमा एउटा अस्पताल दुई पटक शिलान्यास भएको छ । सात महिनाअघि गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारुले शिलान्यास गरेको १५ शय्याको अस्पताल शनिबार गृहमन्त्री खाँणले फेरि शिलान्यास गरे । ‘एक पालिका, एक अस्पताल’ अवधारणा अनुसार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण सुरु गरेको अस्पताल सियारीमा दुई पटक शिलान्यास भएको हो ।
देशका हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गरे अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारुले २०७८ माघ २३ गते सियारी–४ दयानगर छपियामा अस्पताल भवनको शिलान्यास गरेका थिए ।
गृहमन्त्री खाँणले शनिबार सोही अस्पतालको शिलान्यास गरेपछि थारुले सत्ताको दुरुपयोग गर्दै निर्वाचनको मुखमा जनतामा भ्रम छर्ने काम गरेको भन्दै रोष प्रकट गरेका छन् । तत्कालीन गाउँपालिका अध्यक्ष थारुका अनुसार छपिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माण गर्न माघ महिनामै २१ करोड ८० लाख ५० हजार २९५ रुपैयाँ लागत अनुमानमा टेन्डर आह्वान समेत गरिएको थियो ।
सोही टेन्डरअनुसार अस्पताल भवन निर्माणका लागि गत असार ८ गते निर्माण कम्पनी कालिगण्डकी रविना जेभिले १८ करोड १ लाख ७ हजार ४८४ रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले गत माघ महिनामा ठेक्का सम्झौता नहुँदै शिलान्यास गरिएकोले अहिले ठेक्का सम्झौता भएपछि शनिबार शिलान्यास गरिएको बताए ।
उनका अनुसार तत्कालीन गाउँपालिकाका अध्यक्षले शिलान्यास गर्दा ठेक्का आह्वान गरिएको भएपनि ठेक्का सम्झौता भइसकेको थिएन । अहिले ठेक्का सम्झौता भएपछि शिलान्यास गरिएको उनको भनाई छ । गृहमन्त्री यसअघि ५ वर्ष पहिले आफैले शिलान्यास गरेको तिलोत्तमा चक्रपथको पनि दोहोर्याएर शिलान्यास गरेका थिए ।
२०७३ असाज ८ गते रक्षामन्त्रीको हैसियतमा बुटवल र तिलोत्तमाको सीमा योगिकुटीलाई शुरूको बिन्दु मानेर चक्रपथको शिलान्यास गरेका खाँणले स्थानीय तह निर्वाचनको मुखमा गत फागुन २१ गते ओमसतिया गाउँपालिकाको लखनथापा चोकलाई शुरुको बिन्दु मानेर दोस्रोपटक शिलान्यास गरेका थिए ।
आफैंले शिलान्यास गरेको सडक योजनाको काम सुरु नहुँदै चुनावको मुखमा दोहो¥याएर शिलान्यास गरिएको भन्दै गृहमन्त्री खाणको आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण