केजरीवालले जस्तो काम गर्ने मानसिकता छ, तर अधिकार छैन: पूर्व मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सबलीकरण सम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताएका हुन् ।
संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गरे । उनले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सबल बनाउन नचाहिरहेको दाबी गरे । उनले भने ‘समस्या माथि छ । सिंहदरबार अधिकार दिन चाहँदैन । सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ । हामीमाथि सिंहदरबारमा बस्ने कार्यालय सहयोेगी ठूलो हुन्छ । तर प्रदेश स्थानीय तहका सचिव केही पनि होइनन् भन्ने मानसिकताले काम गरेको छ । सिंहदरबार अनि प्रदेशले काम गर्न सकेन भनेर आलोचना भइरहेको छ । संविधानमा भएको एकल अधिकार स्थानीय र प्रदेश सरकारले पाइरहेको छैन । सरकारले कानुन बनाउँदैन । कानुन नबनाईकन काम गर्न पाउँदैनौँ । प्रदेश सरकार र स्थानीय सरकारले कानुन बनायो भने पनि संघीय सरकारले कानुन नबनाईकन लागू पनि हुँदैन र संघीय सरकारले बनाएको कानुनसँग बाझियो भने स्वतः खारेज हुन्छ । यो अवस्थामा हामी छौँ । यो किन भइरहेको छ त भन्दा संघीय सरकार मूलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन ।’
उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गरे । संघीयता आउने बित्तिकै दिल्लीका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उनले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलै दिएको छ कि छैन भन्ने मूल्याङ्कन गर्ने काम नभएको गुनासो गरे । उनले भने ‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ ।’
उनले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाए । उनले संघीयता बलियो बनाउन के कस्ता बाधाहरू छन् भन्ने बारेमा मात्रै छलफल चलेको बताए । पूर्व मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण