फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सितैमा हेर्न पाउने
फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सितैमा हेर्न पाउने भएका छन् । बिएसआर मुभिज्, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रेको बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि फिल्म झिँगेदाउे सितैमा हेर्ने व्यवस्था मिलाएका हुन् । आमा र सन्तानबीचको भावनात्मक कथामा निर्माण भएको फिल्म जेष्ठ नागरिकलाई हेराउने उद्देश्यले ६५ वर्ष माथिकाले सितैमा हेर्न पाउने व्यवस्था गरिएको निर्माण युनिटले जनाएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले अहिले राम्रो व्यवसाय गरिरहेको बताइएको छ । दर्शकबाट फिल्मका लागि राम्रो साथ र प्रतिक्रिया मिलेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । देउजाले ७ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा कमब्याक गरेका हुन् ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल , कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण