शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको स्वास्थ्य शिविरमा विरामीको चाप

मङ्गलबार, २१ भदौ २०७९, ०६ : २६
मङ्गलबार, २१ भदौ २०७९

विशेषज्ञ चिकित्सक सहित उपचार सेवा प्रदान गर्न थालेपछि नेपाली सेनाको स्वाथ्य शिविरमा विरामीको भीड बढ्ने गरेको छ । विशेषज्ञ टोली सहित नसर्ने ८ प्रकारको रोग सम्बन्धी विरामीहरुको स्वास्थ्य परीक्षण गरि नि:शुल्क रुपमा औषधी वितरण गर्न थालिएपछि विरामीहरुको चाप बढेको थियो ।

नेपाली सेना गोरखदल गण रामग्राम ब्यारेक नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिका नर्सहीमा आयोजना गरेको एकदिने निशुल्क स्वास्थ्य शिविरमा विभन्नि ८ प्रकार रोग सम्बन्धी ६८० जना विरामीले उपचार सेवा लिए । जिल्लाको विकट पालिकाको रुपमा रहेको सुस्ता गाउँपालिकाका गरिब अतिविपन्न जनताले नसर्ने रोग सम्बन्धि दैलोमै उपचार सेवा पाउन र यहाँका जनताले बढिभन्दा बढि लाभ लिउन भनि यो शिविर आयोजना गरिएको श्री गोरखदल गणका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जनकारी दिए ।

स्वास्थ्य शिविरमा प्रभावकारी उपचार सेवा प्रदान गर्न फिल्ड अस्पताल बुटवलका निमित्त कमाण्डीङ्ग अफिसर सहसेनानी डाक्टर ताहिर अलि अंसारी र देवदह मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा विशेषज्ञ डाक्टरहरुले नसर्ने रोग जस्तै हार्डजोर्नी, बालरोग, स्त्रिी रोग, छाला रोग, आँखा, नाककान, दान्त सम्बन्धी रोगहरुको परिक्षण गरि निशुल्क औषधी वितरण गरेको गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए । स्वास्थ्य शिविरमा गोरखदलका स्वास्थ्यकर्मी तथा विभिन्न ओहदाका सेना, नर्सही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सघाएका थिए । 

नेपाली सेना गोरखदलको आयोजना, सुस्ता गाउँपालिकाको सहकार्य, देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा संचालित निशुल्क स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, पृथ्वीचन्द्र अस्पताल, नेपाल औषधी व्यवसायी संघ नवलपरासीले औषधी सहयोग गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप