पाल्पामा माओवादीद्वारा उम्मेदवार सिफारिस
नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । माओवादीले पाल्पा क्षेत्र नं १ प्रतिनिधिसभातर्फ लीला सोमै र क्षेत्र नं २ मा अनिलकिशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ । यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हीरा थापा, बलु गैरे, अर्जुनकुमार श्रेष्ठ र तुलसा रानालाई सिफारिस गरेको छ ।
यसैगरी प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नं १ ‘क’ मा कमलराज भट्टराईलाई सर्वसम्मत सिफारिस गरिएको छ भने ‘ख’ मा दिनेश अर्याल र हुमबहादुर सुनारी सिफारिसमा परेका छन् । क्षेत्र नं २ ‘क’ मा नेत्रप्रसाद पाण्डेयको एकल उम्मेदवारी सिफारिस परेको छ भने ‘ख’ मा वसन्त घर्ती, राजेन्द्र विक, चक्रब्युह थापा, पुरन केसी र मेघराज आचार्यलाई सिफारिस गरिएको छ ।
प्रदेशसभा समानुपातिकमा गीता विक, खुमबहादुर विक, जानुका घर्ती, केयरसिङ राना, शान्ता सारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल, पिताम्वर भट्टराई, हाजिरा खातुन, नवीन ओली, लक्ष्मी ढकाल, धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम, नुना दिसुवा र जगत् सुनारीलाई सिफारिस गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण