माओवादी बैठकको निर्णयः सरकार निर्माण र पार्टी एकता सँगसँगै
काठमाडौं–नेकपा माओवादी केन्द्रले सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्ने निष्कर्ष निकालेकोे छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुबै विषय एकअर्कासँग सम्बन्धित रहेको भन्दै एकैसाथ हुनुपर्ने निश्कर्ष निकालेको हो ।
बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकार निर्माणर पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने बैठकले निश्कर्ष निकालेको बताइन् । ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ’, उनले भनिन्, ‘सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’
चुनावपछि पार्टी एकता गर्नेगरी एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनावमा होमिएका थिए । चुनावमा साझा उम्मेदवार तय गरेका दुई पार्टी अहिले एकीकरण र सरकार निर्माणको तयारीमा रहेका छन् ।
बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै हाल देखिएको विवाद राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको छ ।
बैठकले सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण