शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बैठकको निर्णयः सरकार निर्माण र  पार्टी एकता सँगसँगै

सोमबार, ०३ पुस २०७४, १५ : ५१
सोमबार, ०३ पुस २०७४

काठमाडौं–नेकपा माओवादी केन्द्रले  सरकार निर्माण र पार्टी एकता  सँगसँगै हुनुपर्ने निष्कर्ष निकालेकोे छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुबै विषय  एकअर्कासँग सम्बन्धित रहेको भन्दै एकैसाथ हुनुपर्ने निश्कर्ष निकालेको  हो । 

बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले   सरकार निर्माणर  पार्टी एकताको कुरा सँगसँगै हुनुपर्ने बैठकले निश्कर्ष निकालेको बताइन् ।  ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ’, उनले भनिन्, ‘सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’

चुनावपछि पार्टी एकता गर्नेगरी एमाले र माओवादी केन्द्रले  वाम गठबन्धन  बनाएर चुनावमा होमिएका थिए ।  चुनावमा साझा उम्मेदवार तय गरेका दुई पार्टी  अहिले एकीकरण  र सरकार निर्माणको तयारीमा रहेका छन् । 

बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै  हाल देखिएको विवाद  राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा जोड दिएको छ । 

बैठकले  सफलता पूर्वक चुनाव सम्पन्न गराएकोमा सरकारलाई धन्यवाद दिँदै वाम गठबन्धनलाई मत दिई अत्याधिक बहुमत दिलाउने जनतालाई पनि धन्यवाद दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप