घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ बजारमा
खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा आएको छ । यस कृतिमा घिमिरेले परम्परागत नेपाली सांस्कृतिक चाडबाडका खानेकुराको वैदिक पक्ष र वैज्ञानिक पक्षबारेमा अनुसन्धान गरेका छन् ।
सो क्रममा उनले नेपाली खानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा विस्तृत जानकारी दिएका छन् । नेपाली चाडपर्वहरू दशैँ, दीपावली, चैते–दशैँ, माघे सङ्क्रान्ति, पन्ध्र पौष आदि तथा विवाह, व्रतबन्ध, पूजाआजामा बनाइने परम्परागत घरेलु परिकारले मौसम अनुरूप मानव स्वास्थ्य प्रवद्र्धनमा खेल्ने भूमिका र प्रभावबारे चर्चा परिचर्चा छ ।
पृथ्वीमा भएका सबै कुरा कसरी एक आपसमा जोडिएका छन् भन्नेबारे उनले प्रष्टाएका छन् । नेपाली परम्परागत खानाले शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यको प्रवद्र्धनमा कस्तो भूमिका खेल्दै आएको छ र त्यसले मानिसमा सकारात्मक सोच तथा स्वस्थ र शालीन जीवनशैली निर्माणमा कसरी बढावा दिइरहेको छ भन्ने तथ्यसमेत पुस्तकले उजागर गरेको छ ।
उनका नेपाल केन्द्रित अध्ययन परम्परागत वैदिक ज्ञान, संस्कृति, स्थानीय जडिबुटीमा आधारित रोग लाग्न नदिने खाना र स्थानीय जडीबुटीको सार तत्त्वले रोग निको पार्ने औषधिका विषयमा केन्द्रित छन् । उनले नेपालका रैथाने जडिबुटीमा आधारित उद्यमशिलताको विकासको सम्भावनासमेत विस्तृत अध्ययन, अनुसन्धान गरेका छन् ।
दुई दशकदेखि क्यानडामा खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा संलग्न घिमिरेले नेपाली रैथाने जडिबुटीमा आधारित खानाले मधुमेह, पीएसपी, जनै खटिरा, अटिजमलगायतका जटिल तथा जीर्ण रोग र मानसिक स्वास्थ्य समस्याको उपचार गर्नेबारे लेखेका छन् । यी रोगको समाधान गर्ने नयाँ तरिकाको आविष्कार हुन सके उपचारका नाममा आयातित ओखतीमा असीमित रकम खर्च गर्नुपर्ने बाध्यता केही हदमा कम हुने देखिन्छ ।
यस पुस्तकले आधुनिक वैज्ञानिक उपलब्धिलाई पाँच हजार वर्ष पुरानो वैदिक सिद्धान्तसँग जोड्ने घिमिरेको विश्वास छ । नेपाली भाषामा लेखिएको उक्त कृति शिखा बुक्सले बुधबारदेखि बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण